हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो।
नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।



