हुलाकी न्यूज,जनकपुरधाम : सप्तरीको बोदे बरसाईन–विसनपुर सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका–८ पहाडे भदिया चौकस्थित स १ त २७२६ नम्बरको ट्याक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।उक्त दुर्घटनामा सोही ठाउँका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि लहानस्थित राउ स्मारक अस्पताल पठाउँदा मृत्यु भएको डीएसपी काफ्लेले बताउनु भएको छ।ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएर दुर्घटनाबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.