हुलाकी न्यूज,जनकपुरधाम : दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोनाविरुद्धको भ्याक्सिन किन्न नयाँ आर्थिक वर्षको बजेटमा एक अर्ब एक करोड अमेरिकी डलर छुट्याएको छ।
उक्त मुलुकले कोरोनासम्बन्धी आपत्कालिन कोषमा सय अर्ब रुपैयाँसमेत व्यवस्था गरेको छ।
आर्थिक वृद्धि ६ दखि ७ प्रतिशतसम्म हुने प्रक्षेपण गरिएको पाकिस्तानमा कोरोनाका दोस्रो लहरले अधिक असर गरेको छ।एजेन्सी



