कविता : बाड़िएकोएको कथा

बाड़िएको कथा,चूडिएको व्यथा,र फेरिएका ती गाथामा हामी पात्रहरु,
ती अधुरो,अपुरो मिलन,झन निस्साएका तिम्रा स्मृतिहरु जून मसंग छ,
हामीले पाएनौ ती परेलीमा सपना बनेर बस्न सक्ने,
हामी सधै टुटेको,खण्डित भएको यादहरुमैं वाध्य छौ।

साधिएको मुटु,झन साथ पनि वर्जित भएको ,
के यो कथा यति मात्र मैं सीमित रहला की,
के यो स्वप्नको प्रतिमा सधै सपनीको हवामा नै विलय रहन्छ की,
प्रियतमा, के हाम्रो यादहरु बस यादमा नै रहन्छ की।

ती तीतरवितर पारिएको तिम्रा श्रृंगारहरुले अझै प्रगाढ़ बनाऊछ मेरा स्मृतिहरुलाई,
तर प्रिय ,हाम्रो पूर्ण मिलन कहिले होला,
कहिले होला,हाम्रो ती आत्मीय साथ जून परिकल्पना गर्छु म।
की,सदैव अपुरो,अधुरो मिलनमैं रहन्छ होला हामी के।

हाम्रो बाड़िएको कथा,सधै बाड़िएको नै रहन्छ की,
हाम्रो अधुरो साथ,सधै अपुरो नै रहन्छ की।
खोई!!!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.