हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालये आज ५ हजार २९३ जना कोरोना संक्रमित निको भएको जनाएको छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५ ९१ जना पुगेको छ।
नेपालमा कोरोना संक्रमण निको हुने दर ८५.७ प्रतिशत पुगेको छ। नेपालमा हालसम्म ६ लाख १ हजार ६ सय ८७ जनालाई कोरोना संक्रमण भएको छ।