हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोगले इन्जिनियरहरुको माग गरेको छ। आयोगले प्रदेश निजामति सेवाका अधिकृत नवौं तहको लागि खुल्ला तर्फ इन्जिनियरको माग गरेको हो।
प्रदेशले सिभिल इन्जिनियर जनरल, हाइवे, विल्डिङ एन्ड आर्किटेक, स्यानेटरी, इरिगेसन क्षेत्रमा १–१ जना माग गरेको छ। प्रदेश लोक सेवा आयोगका अनुसार दरखास्ता दिने अन्तिम मिती असार १६ गते रहेको छ।
दोब्बर दस्तुर तिरी असार २३ सम्म आवेदन दिन सकिने छ। ४० वर्ष ननाघेको इन्जिनियरले आवेदन दिन पाउने छ। परीक्षा जनकपुरधाममा हुने भएपनि मिती पछि प्रकाशन गरिने सूचनामा उल्लेख रहेको छ।