हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठकमा आज अगामी आ.व. २०७८।०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।
आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश २ का प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएका छन्।
नीति तथा कार्यक्रमको लागि समयमै उपस्थित हुन सभामुख सरोज कुमार यादवले मंगलबार नै प्रदेशसभा बैठकमा पूर्व सूचना पढेर सूनाएका थिए ।