हुलाकी न्यूज,जनकपुरधाम : राेट्रयाक्ट कल्व अफ पाेखरा युनिभर्सिटी द्वारा आयोजित “चक्र- अ हुप अफ नलेज” भन्ने कार्यक्रमका सम्पूर्ण चरणहरु पुर्ण सफलताका साथ आज समाप्त भएका छ।
६ दिन सम्म सँचालित कन्टेन्ट लेखन,डिजाइनिङ,वर्डप्रेस तथा एक्सल तलिम सम्पन्न भएकाे कार्यक्रम सँयाेजक राे.राेहित दाहालले बताउनुभएकाे छ । लगभग ६०० भन्दा बढिकाे सहभागितामा भर्चुअल रुपमा सँचालन भएकाे कार्यक्रममा विध्यार्थि,पेशाकर्मि,विभिन्न सँघसँस्थामा आबद्ध ब्यक्तिहरुले सहभागी जनाएका थिए।
समापन समारोहमा आफ्ना भनाई राख्दै कल्वका सँस्थापक अध्यक्ष राे.नवीन रजाैरे ले यस्ता सँचालित हुने कार्यक्रमले सीप बिकास तथा आत्मनिर्भर बनाउन टेवा पुर्याउने कुरामा जाेड दिनुभयाे साथै उहाँले सम्पूर्ण कार्यक्रममा सहभागिता जनाउने र यस कार्यक्रमकाे समायाेजनका निम्ति अथक प्रयास गर्ने सबै कार्य समितिलाई पनि धन्यवाद ज्ञापन गर्नुभयाे।