हुलाकी न्यूज,जनकपुरधाम : सरकारले कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका ७३२ जना नेपालीको शव उद्धार गरी नेपाल ल्याएको छ।
२०७७ वैशाख देखि २०७८ जेठ२४ गतेसम्मको अवधिमा ती शव नेपाल ल्याई मृतकका आफन्तलाई बुझाइएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।
सो अवधिमा कतारबाट १४३, साउदी अरबबाट १५५, युएईबाट ७८, मलेसियाबाट २६४ र बाँकी शव अन्य देशबाट ल्याइएको थियो।