फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों

हुलाकी न्यूज,जनकपुरधाम :  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई एक व्यक्तिले थप्पड हानेका छन्।

मंगलबार राष्ट्रपति म्याक्रो देशको दक्षिण–पूर्वी क्षेत्रको भ्रमणमा रहेका बेला गालामा थप्पड मारिएको हो।

भेलेन्स सहरमा राष्ट्रपति म्याक्रों मानिसहरुसँग भेट्दै र उनीहरुको स्वागत लिँदै गर्दा भीडमा रहेका एक व्यक्तिले अचानक थप्पड हानेका थिए।

तिनले म्याक्रोवादको विरोध गरेका थिए। प्रहरीले थप्पड हान्ने व्यक्ति र घटनामा संलग्न अन्य दुईजनालाई गिरफ्तार गरेको छ।बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.