हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ८२ हजार ७३६ जना कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ।
सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ७६ हजार ५५० जना र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन्। संक्रमितमध्ये एक हजार ३२१ जना आइसीयुमा उपचारत छन्।



