हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीमा एक घरमा डकैतीको क्रममा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन् ।
गए राति लोहारपट्टी नगरपालिका ६ बस्ने रामनारायण साहको घरमा लुटपाट भएको छ । सो क्रममा गुहार लगाउँदा ५–६ जनाको समूहमा हतियारसहित आएका डाकाहरुले गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी गम्भीर घाइते भएको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका हुन् ।

दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।

डाकाहरुले घरमा राखेको २५ हजार रुपैयाँ, ६ अना सुनको मंगलसुत्र, ६ अनाको तिलहरी, दुबै कानको फुली लुटेराहरुले लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको डएसपी विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.