हुलाकी न्यूज,जनकपुरधाम : सरकारले सेयर बजारबाट प्रशस्त राजश्व संकलन गर्न थालेको छ।
गत वर्ष २०७७ सालसम्म वर्षभरी मुस्किलले सरकारलाई सेयर बजारबाट एक अर्ब राजश्व संकलन हुन्थ्यो।
जुन यतिबेला बढेर महिनामै १ अर्ब रुपैयाँभन्दा बढी संकलन हुन थालेको छ। यसअनुसार अब वार्षिक १२ अर्ब रुपैयाँसम्म पूँजीकरण लाभकरमार्फत सरकारले राजश्व संकलन गर्न थालेको छ।



