हुलाकी न्यूज,जनकपुरधाम : बितेको चौबिस घण्टामा देशभर थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ६ हजार १५५ जनामा कोरोना पुष्टि भइसकेको छ।