हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा कोरोना महामारी सुरु भएयता निरन्तर खानेतेलको मूल्य उच्चरुपमा बढेको छ।
दुई महिनाको अवधिमा नै तेल प्रतिलिटर७५ रुपैयाँसम्म बढेको हो। खुद्रा व्यापार संघका अनुसार हाल भटमासको तेल प्रतिलिटर २३५ र सूर्यमूखी तेल प्रतिलिटर ३०० रुपैयाँसम्म पुगेको छ। यस्तै यतिबेला तोरीको तेलको मूल्य प्रतिलिटर ३३० रुपैयाँसम्म पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा खानेतेलको मूल्य बढेको संघको दाबी छ।



