हुलाकी न्यूज, जनकपुरधाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रूपैयाँ बढाएको छ।
गत हिजो राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो। मूल्यवृद्धिपछि निगमले पेट्रोलको नयाँ मूल्य प्रति लिटर १२५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १०८ रूपैयाँ तोकेको छ।
हवाइ इन्धनको मूल्य पनि वृद्धि भई प्रति लिटर ८० रूपैयाँ पुगेको निगमले जनाएको छ।