हुलाकी न्यूज,जनकपुरधाम : राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

उपप्रधान तथा शहरी विकासमन्त्रीमा नियुक्त भएलगत्तै महतोले नेपाल बहुल राष्ट्रिय राज्य नभएसम्म आन्दोलन जारी राख्ने अभिव्यक्ति दिएपछि त्यसको विरोधमा उत्रिएका ११ जना विद्यार्थी नेतालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खनाल–नेपालनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, महासविच आरती लामा, सचिवहरू टपेन्द्र शाही, मेधनाथ चापागाईं रहेका छन् । त्यस्तै, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, हर्क बम, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा पनि पक्राउ परेको बताइएको छ ।

पक्राउ परेका आफूसहित ११ जनालाई पुलिस क्लबमा राखिएको विद्यार्थी नेता टपेन्द्र शाहीले जानकारी दिए । महतोको अभिव्यक्तिको विरोध गर्दै पुतला दहन गर्न लाग्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.