हुलाकी न्यूज, जनकपुरधाम : पशुपति क्षेत्र विकास कोषले कोरोना महामारीबीच दैनिक १०० वटा शव जलाइएको भन्दै पशुपति मन्दिरनजिकका घाट सार्ने प्रस्ताव गर्ने भएको छ।
मन्दिरनजिक घाटका कारण धार्मिकस्थल नभई मसानघाटजस्तो हुने भन्दै घाट सार्ने प्रस्ताव मन्त्रिपरिषद्समक्ष लग्ने कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जनाएका हुन्।
यसअघि कोष सञ्चालक परिषद्ले पारित गरेको गुरुयोजनाको स्थानीयवासीको विरोधपछि पुनरावलोकन गर्न गठित समितिले यस्तो प्रस्ताव गरेको हो। (रासस)