हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागेका छन् ।

जसपा महन्थ ठाकुर पक्षसँगको नयाँ सहमति पश्चात आज मन्त्रिपरिषद् पुर्नगठन गर्न लाग्दा प्रधानमन्त्री ओलीले महासेठलाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

यससँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने छन् । त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.