हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ।

ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधा अन्तर्गत विभिन्न देशहरुलाई प्रदान गरिने जनाएको छ।

पहिलो चरणमा २ करोड ५० लाख डोज खोप अति आवश्यक परेका नेपाल लगायतका देशलाई उपलब्ध गराइने अमेरिकाले जनाएको छ।

बाँकी २५ प्रतिशत खोप विशेष अनुरोध गरेका राष्ट्रलाई दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.