हुलाकी न्यूज,जनकपुरधाम : कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका  २ बस्ने वर्ष २५ का उत्तिम लाल पासमान र वर्ष १९ का निपुल यादव रहेक छन् ।

बुधबार साँझ ६ बजे धनुषाको यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरिया देखि ५ सय मिटर उत्तरमा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले बताएका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषा चौकीका सइ शारदा शंकर शाह बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.