हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ५,३१६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १३,८०५ पीसीआर परीक्षणमा ४,५२४ र ३,०७३ एन्टिजेन परीक्षणमा ७९२ जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५,७१,१११ पुगेको छ।
कोरोनासम्बन्धी कारणले आज १०१ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ७,५५५ जनाले ज्यान गुमाइसकेका छन्।
गत २४ घण्टामा नेपालमा ७,२१९ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,६१,५६३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।