हुलाकी न्यूज,जनकपुरधाम : काठमाडौं उपत्यकामा सवारी साधन मर्मतका लागि वर्कसपहरु पनि खुल्न पाउने भएका छ।
बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले राती ९ बजेदेखि बिहान ९ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै वर्कसप खुलाउन दिने निर्णय गरेको हो ।
बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।