हुलाकी न्यूज,जनकपुरधाम : नेपाल सरकारले महोतरीको बर्दिबासमा बनाउने भनिएको मेडिकल कलेज बन क्षेत्रमा बनाउने देखिएपछि त्यसको विरोध हुन थालेको हो ।

गत जेठ १५ गते प्रस्तुत संघिय बजेजमा नेपाल सरकारले बर्दिवासमा मेडिकल शिक्षण अस्पताल बनाउने गरि बजेट बिनियोजन गरेको र मेडिकल कलेज बनाउनको लागि हजारौ रुख विरुवा नष्ट पार्ने भएपनि वन प्राविधिकहरुले विरोध जनाएका छन् ।

बर्दिवासमा मेडिकल कलेज खोल्नु स्वागतयोग्य निर्णय रहेको भएपनि वन जँगल र चुरे क्षेत्र मासेर बनाउनु तराई मधेशलाई मरुभूमि बनाउनु सरह रहेको जनकपुरधाम वन प्राविधिक समाजका महासचिव सुरेश शर्माले बताउनुभएको छ

मेडिकल कलेजका लागि स्थान छनौट गर्दा ५४.०० हेक्टर बनक्षेत्र फडानी गरि स्वीमिङ्ग पुल सहितको मेडिकल कलेज खोल्ने तयारी भरहेको भन्दै त्यसो नगर्न जनकपुरधाम वन प्राविधिक समाजले विज्ञप्ती जारी गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत मार्फत सो ज्ञापन बुझाउँदै मेडिकल कलेजको लागि विकल्प भएको अवस्थामा वन जँगल मास्न नदिने चेतावनी पनि दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.