हुलाकी न्यूज,जनकपुरधाम : “चक्र”-अ हुप अफ नलेज भन्ने नारा राखि कार्यक्रमकाे कार्ययोजना अनुसार आज पहिलाे फेजकाे “कन्टेन्ट राइटिङ” ट्रेनिङ राेट्रयाक्ट कल्व अफ पाेखरा युनिभर्सिटीले समपन्न गरेकाे छ।
२०० जना भन्दा बढिकाे सहभागितामा सँचालित कार्यक्रमकाे प्रमुख अतिथिमा राेटरि कल्व अफ पाेखरा लेकसाइड-राेटरि बर्ष २०२१-२२ का अध्यक्ष राे.हुम आले हुनुहुन्थ्यो भने विशेष अतिथिमा राेटरि कल्व अफ पाेखरा लेकसाइडका सदस्य तथा राेट्रयाक्ट कल्व अफ पाेखरा लेकसाइडका चार्रटर प्रेसिडेन्ट राे.सुवाश मल्ल हुनुहुन्थ्यो।
कार्यक्रममा प्रशिक्षककाे रुपमा सिनियर कन्टेन्ट मार्केटर समिना बज्राचार्य हुनुहुन्थ्यो।
कल्वका चार्टर सचिव राे.असिम अधिकारिले सन्चालन गर्नुभएकाे कार्यक्रममा राे.सुरजराज केसरिले स्वागत मन्तब्य राख्नुभएकाे थियाे।कार्यक्रमकाे अध्यक्षता ग्रहन गर्नुभएका कल्वका चार्रटर अध्यक्ष राे.नवीन रजाैरेले यस्ता सँन्चालन हुने कार्यक्रमले ब्यक्तित्व विकासमा टेवा पुर्याउने कुरामा जाेड दिदै आगामी दिनमा कल्वले अझ विध्यार्थि बर्गका लागि विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्ने तय गरेकाे पनि वताउनुभयाे।