हुलाकी न्यूज,जनकपुरधाम : चीनले चन्द्रमाको आठ ठाउँमा चिनियाँ नाम राख्ने भएको छ।
अन्तर्राष्ट्रिय खगोल संघले चीनलाई त्यसका निम्ति स्वीकृति दिइसकेको छ। चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई–फाइभ’ गत वर्ष यी स्थानहरुमा उत्रिएर चन्द्रमाको सतहको नमूना लिएर पृथ्वीमा फर्किएको थियो।
चीनले मन्स हुआ, मन्स हेङ, पई सिउ, लइउ हुई, साङ यिङसिङ, स्टेटियो तिआनचुआन र सु गुआनकी नाम राख्ने भएको हो।एजेन्सी।



