हुलाकी न्यूज,जनकपुरधाम : पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी ११ दलको गठबन्धनले सशक्त आन्दोलनको घोषणा गरेका छन्।

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट(पीडीएम) नामको गठबन्धनले जुलाई ४ देखि आन्दोलन गर्ने घोषणा गरेको हो।

आन्दोलनको सुरुआत स्वात जिल्लाबाट गरिने बताइएको छ। स्वातपछि कराँची, इस्लामावाद र अन्य सहरमा पनि आन्दोलन गरिने पीडीएमका संयोजक मौलाना फजलुर रहमानको भनाई छ।

सरकारले गरेको निर्वाचन घोषणालाई नमान्ने पनि पीडीएमले बताएको छ।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.