हुलाकी न्यूज,जनकपुरधाम : कोरोनासम्बन्धी कारणले आज ११४ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ७,३८६ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.३२ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

साथै आज नेपालमा गत २४ घण्टामा ४,७६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १५,०५५ पीसीआर परीक्षणमा ४,१७८ र २,४२५ एन्टिजेन परीक्षणमा ५८४ जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५,६१,३०२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.