जनकपुरधाम, जेठ १७ । प्रदेश सरकारले जेष्ठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।
प्रदेश २ सरकारले चालु पाँचौं अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको आज बसेको बैठकले चालु हिउँदे अधिवेशन अन्त गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनु भएको छ।
गत चैत ३० मा पाँचौं अधिवेशन सुरु भएको थियो भने पाँचौं अधिवेशनको दोस्रो बैठक वैशाख १० मा बस्यो तर तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
कोरोना संक्रमण कर्मचारीमा देखिएको भन्दै प्रदेशसभा बैठक स्थगित गरिएदेखि पुनः बस्न सकेन ।