धनुषामा अहिले १५ सय ३९ जना कोरोनाका सक्रिय संक्रिमत छन् । अवस्था गम्भिर रहेका ३४ जनाको आइसीयूमा उपचार भइरहेको छ । यस्तै ८ जनाको भेन्टिलेटरको सपोर्टमा र १८० जना सामान्य उपचारमा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
धनुषामा कोरोनाबाट ७७ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनमा भने लापरबाही देखिएको छ । शव व्यवस्थापन गर्न दिएबापत जनकपुरको स्वर्गद्धारीले १७ हजार रुपैयासम्म असुली गरिरहेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी बास्तोला स्वयंम स्वीकार्छन् ।
अब शव व्यवस्थापन शुल्क र शवबाहन शुल्क नेपाल सरकारले तिर्ने निर्णय भएको छ । गृह मन्त्रालयको निर्देशन समेतको आधारमा नेपाली सेनामार्फत शव व्यवस्थापन गर्दा शव बाहन शुल्क र दाहसंस्कारमा लाग्ने सम्पूर्ण खर्च जिल्ला विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय पनि गरिएको प्रजिअ बास्तोलाले बताउनुभएको छ ।




