हुलाकी न्यूज,जनकपुरधाम : फिफा विश्वकप छनोट प्रतियोगितामा दोस्रो चरणका बाँकी तीन खेलका लागि नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ।
इराकविरुद्ध बासरामा मैत्रीपूर्ण खेलपछि नेपाली टिम कुवेत पुगेको हो। नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो।
स्थलमार्ग हुँदै कुवेत पुगेको नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। कुवेतमा खेलाडी र पदाधिकारीको पीसीआर परीक्षण गरिएको छ।