हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारीले रुसमा निर्मित कोरोना खोप ‘स्पुतनिक भी’ उपलब्ध गराइदिन अनुरोध गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार पत्र पठाएकी छिन्।

उनको पत्र परराष्ट्र मन्त्रालयमार्फत मस्कोस्थित नेपाली दूतावास हुँदै रुसी विदेश मन्त्रालयमार्फत राष्ट्रपति पुटिन समक्ष पुग्नेछ।

“कूटनीतिक तहमा केही छलफल भएपछि खोप माग गर्दै राष्ट्रपति ज्यूले रुसी राष्ट्रपतिलाई पत्र लेख्नु भएको हो,”राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.