हुलाकी न्यूज,जनकपुरधाम : आउँदो आर्थिक वर्ष२०७८/७९का लागि सरकारले सबैभन्दा बढी अनुदान प्रदेश १ लाई दिएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशलाई दिएको छ।
अर्थ मन्त्रालयका अनुसार प्रदेश १ लाई १६अर्ब २९ लाख ३६ हजार, प्रदेश २ लाई १३ अर्ब ९० करोड ३४ लाख, बागमतीलाई १४ अर्ब ७२ लाख ६८ हजार, गण्डकीलाई १३ अर्ब दुईलाख ९७ हजार, लुम्बिनीलाई १५ अर्ब ६१ लाख २५ हजार, कर्णालीलाई १५ अर्ब ५५ लाख ६३ लाख र सुदुरपश्चिमलाई १४ अर्ब ५८ लाख दुईहजार रुपैयाँ अनुदान छुट्टयाइएको छ।



