हुलाकी न्यूज,जनकपुरधाम : सरकारले बजेट अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश जारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस पेश गर्ने निर्णय गरेको हो।
सरकारको आजै अपराह्न ४ बजे बजेट ल्याउने तयारी छ।