शीर्षक : महिनावारी हुनेछौ
शब्द : काजल झा

एक दिन तिमी महिनावारी हुनेछौ !
नडराउनु तिमी , नआतिनु तिमि
योनिबाट जब रगत आउने छ तब डरले थरथर नकाम्नु तिमी
यो परिवर्तन किशोरावस्थामा हरेक किशोरीमा आउने गर्छन
हरेक महिलाहरुले महिनामा यो झेल्नै पर्छ

एक दिन तिमी महिनावारी हुनेछौ
यो कुरो नलुकाउनु तिमी
जसलाइ तिमी बिश्वास गर्छौ उसलाइ गयेर भन्नू तिमी
महिनावारी हरेक महिनामा हुन्छ यो कुरो बुझ्नु तिमी
र आफ्नो साथीहरूलाई बुझाउनु तिमी

एक दिन तिमी महिनावारी हुनेछौ
तब सेनिटरि पेड वा सफा कपरा मात्र प्रयोग गर्नु तिमी

कपडा प्रयोग गर्दा साबुन पानीले धोएर राम्ररी घाममा सुकाउनु अनि मात्र प्रयोग गर्नु तिमी

एक दिन तिमी महिनावारी हुनेछौ
तिमिलाइ धेरै हेपाइ सहनुपर्छहोला तर
आफ्नो लागि आफै आवाज उठाउनु तिमी
कसैले भन्ला गोठमा बस्नलाइ , कसैले भन्ला मन्दिर जानु हुदैन , पुजाआजा गर्नुहुदैन
कसैले भन्ला महिनावारी अशुद्ध हुन्छ

त्यतिखेर अडेर हरेक सावालको जवाफ दिनु तिमी
महिनावारी भनेको पाप होइन पुन्य हो
महिनावारी जो हुदैन त्यो बच्चा जन्माउनै सक्दैन
महिनावारी अशुद्ध होइन शुद्ध हो
भनेर सम्झाउनु तिमी

एक दिन तिमी महिनावारी हुनेछौ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.