हुलाकी न्यूज,जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल गर्नु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरे भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र अगामी दिनमा अपनाउनु पर्ने रणनीतिहरु बारे जानकारी लिनु भएको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था , अस्पतालहरुमा थप गर्नु पर्ने सुविधा बारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्ग पछि मुख्यमन्त्री राउतले जिल्लाहरु बाट भएको मांगहरु बारे प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्री परिषदको बैठकबाट निर्णय गरिने जानकारी गराउनु भएको छ ।
बैठकमा प्रमुख सचिव गोकर्ण मणि दुवाडी सहित सरोकारबला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.