हुलाकी न्यूज,जनकपुरधाम : महामारी नियन्त्रण र व्यवस्थापन समितिद्वारा विगत दस दिन देखी निरन्तरत जिल्ला अस्पताल महोत्तरी जलेश्वरमा कोविड विरामी तिनका कुरुवाहरु र स्वस्थकर्मिलाई खाना खुवाउने कार्य गर्दै आएका छन्।
यस महामारीको समयमा खाद्यान्न समस्या भएका अतिविपन्न आवश्यक परेका पीड़ित परिवारलाई खाद्यान्न सामग्री र स्वास्थ सामग्री वितरण गर्ने कार्य पनि गरेका हुन्।
जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं १२ को थरूआही टोलमा बस्ने लगभग ३० बर्षका रोशन कापर (कुबजा) पछिल्लो १,२ वर्ष देखि छय रोगबाट ग्रसित थिए, गाउँका युवाहरुले एक बर्ष पहिले गाउँलेहरुबाट चन्दा संकलन गरि उपचार गराए र अन्य सहयोग गरे तर पनि उहाँलाई बचाउन सकेन उहाँको मूत्यु भयो ।अहिले त्यस परिवारमा आय आर्जन गरी दैनिक जिविका चलाउने व्यक्ति कोही छैनन तथा खाने समस्या र ऊनीहरुको घर जीर्ण अवस्थामा रहेको छ ।
साथै विगत केहि दिन देखी हावाहुरि र निरन्तर वर्षाको कारण सुत्ने बस्ने पनि ग्रहो भएको छ भने अहिले ऊनीहरुको घरमा एक जना वृद्ध रोशन कापरकि आमा र तिन सन्तान मध्य एक जना उनकी ११ वर्ष की नातिन मात्र छिन भने रोशन कापरकि पत्नि २५ वर्ष को छोरा र ९ महिना कि छोरी लिएर माइती बस्न गएकी छिन।
महामारी नियन्त्रण र व्यवस्थापन समिति जलेश्वर टीमलाई यस अवस्था बारे अवगतभए पश्चात त्यस परिवारका लागि स्वास्थ सामग्री सहित खाद्यान्न लिएर पुगेका हुन् । २५ किलो चामल,५ किलो दाल, १ लिटर खाने तेल ,५ किलो आलु,५ किलो प्याज, १ किलो नुन सहित मास्क,साबुन , सैनिटाइजर र सैनिटरी पैड वितरण गरीका छन्।महामारी नियन्त्रण र व्यवस्थापन समितिले पीड़ित परिवारलाई धैर्य धारण गर्न र यस महामारीको वेला आफ्नो सुरक्षाको ख्याल राख्न अनुरोध समेत गरेका हुन।