हुलाकी न्यूज,जनकपुरधाम : गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्यमा संलग्नलाई बारबाही हुने बताएको छ।
आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गैरजिम्मेवार र गैरकानूनी काम गर्नेलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही हुने बताएको छ।
गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य भएको उल्लेख छ।