हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकाले बिहीबारदेखि निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ।

उप-महानगरपालिका अन्तर्गत् २५ वटै वडा कार्यालयहरुमा पिसिआर परीक्षणका लागि स्वाब संकलन अभियान थालिएको हो ।

जेठ २१ गतेसम्म २५ वटै वडाका नागरिकहरुको पिसिआर परीक्षण गरिने उप-महानगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खड्का बताउनु भएको छ।

२५ वटै वडा कार्यालयहरुमा पिसिआर परीक्षणका तालिक यस प्रकारका छन्।

जेठ १३ गते वडा नम्बर ४ र ५, १४ गते वडा नम्बर ६, ७ र ८, १५ गते वडा नम्बर ९, १० र ११, जेठ १६ गते वडा नम्बर १, २ र ३, १७ गते वडा नम्बर १२, १५ र २०, १८ गते वडा नम्बर १३, १४ र १९, १९ गते वडा नम्बर १६, १७ र १८, २० गते वडा नम्बर २१, २२ र २३ र जेठ २१ गते वडा नम्बर २४ र २५ काे स्वाब संकलन गर्ने जनाएको छ । स्वाब संकलन कार्यको समय बिहान ८ देखि अपरान्ह १२ बजेसम्म रहेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.