हुलाकी न्यूज,जनकपुरधाम :बलिउड अभिनेता सञ्जय दत्तले एक ट्विट गर्दै आफूले संयुक्त अरब इमिरेट्स (युएई) को ‘गोल्डेन भिसा’ पाएको खुलाएका छन्।
‘गोल्डेन भिसा’सँगै सञ्जयले युएईका अधिकारीहरुप्रति आफू कृतज्ञ रहेको बताएका छन्। यस जानकारीसँगै सञ्जयले दुई फोटोहरुपनि शेयर गरेका छन्। जसमा पासपोर्ट बोकेका सञ्जय युएईको एक अधिकारीसँगै देखिएका छन्।
एक रिर्पोटका अनुसार दुबईमा पनि एक घर रहेकाले सञ्जय अक्सर दुबई जाने आउने गर्दछन्।एजेन्सी।