हुलाकी न्यूज,जनकपुरधाम : बंगालको खाडीबाट सुरु भएको शक्तिशाली चक्रवात यासको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा हुनसक्ने नेपाल बाढी सूचना केन्द्रले जनाएका छन्।
प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भूभाग भई बहने नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने जनाएको छ।
तीन दिनसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि केन्द्रले जनाएको छ।