हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ६,७१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,०३० पीसीआर परीक्षणमा ६,६७७ र ३२२ एन्टिजेन परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको हो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५,३५,५२५ पुगेको छ।