हुलाकी न्यूज,जनकपुरधाम :भारतमा देखिएको बी.१.६१७ कोभिडको स्ट्रेन ५३ वटा देशहरूमा भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएका हुन्।
यसको तीन भेरियन्टमध्ये बी.१.६१७.१ विश्वका ४१ देशमा, बी.१.६१७.२ विश्वका ५४ देशमा र बी.१.६१७.३ विश्वका छ देशमा भेटिएको संगठनको प्रतिवेदनमा जनाइएका छन्।
भेरियन्ट अफ कन्सर्न भनिएका चार म्युटेसनमध्ये ब्रिटेन (बी.१.१.७) १४९ देशमा, दक्षिण अफ्रिका (बी.१.३५१) १०२ देशमा र ब्राजिल (पी.१) ५९ देशमा भेटिएको छ।एजेन्सी।