हुलाकी न्यूज,जनकपुरधाम : मंगलबार पिता गुमाएका कमेडेयन आदर्श मिश्राले युट्युवमा बुधबार एक भिडियो पोष्ट गर्दै पिताको मृत्युको कारण बीरगन्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । केही दिन अघिदेखि नै यी दुई अस्पतालको दादागिरीपन, अटेरीपन, हेलचेक्रयाई, लापरवाही आदिबारे बारम्बार भिडियो सन्देश मार्फत बताउदैं आएका उनले बुधबार पुन अपलोड गरेको भिडियोमा अस्पतालको कारणले नै आफुले बुबा गुमाउनु परेको आरोप लगाएका हुन् ।

उनले बुधबार बिहान अपलोड गरेको भिडियो अहिले भाईरल भएको छ । युट्युवमा मात्र होइन, उनको दर्दनाक भिडियो टिकटक लगायतका सबै सामाजिक सन्जालहरुमा भाईरल र सेयर भएको छ । मिश्रालाई सहानुभुति दिनेदेखि लिएर उनले सिस्टम विरुद्ध गर्ने भण्डाफोरमा साथ दिने भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक सन्जालहरुमा टिप्पणी गरिरहेका छन् । उनको बुबा जीवित रहेका बेला आदर्शले अस्पतालमा भएका कमीकमजोरीहरुबारे भनिरहँदा ती विषय सबन्धित ठाउँसम्म पुर्याउन सकेको भए उनका बुबा आज जीवित हुन्थे भन्दै केहीले टिप्पणी गरेका छन् ।

यस्तो गुनासो गरेका हुन् कलाकार-निश्चल बस्नेतले । अस्पतालको लापरवाहीबारे पीडितले बारम्बार चित्कार गर्दा पनि ध्यान नदिएको भन्दै कलाकार निश्चल बस्नेतले सञ्चारमाध्यमप्रति गुनासो गरेका छन् ।

अस्पताल चहार्दाचहार्दै स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले आफ्नो बुवा गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै कलाकार बस्नेतले मिडियाको प्राथमिकतामा पर्ने विषयबारे प्रश्न गरेका हुन् ।

आदर्शका बुबा विनोद मिश्राको मंगलबार बिहान निधन भएको थियो । चार वर्षदेखिका मिर्गाैला बिरामी आफ्नो बुवाको अकालमै भएको मृत्युको जिम्मेवार नेसनल मेडिकल कलेज र नारायणी अस्पताल भएको आदर्शको भनाइ छ । उनका अनुसार नेसनल कलेजले उपचार गर्न नमानेको र नारायणी अस्पतालले लापरवाही गरिदिँदा विनोद मिश्राले ज्यान गुमाउनु परेको हो ।

यसबारे उनले बुवाको बिरामी अवस्थामा रहेका बेला नै सामाजिक सञ्जालमा लेख्दै आएका थिए । ’शायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पु¥याउन सकेको भए …. ! हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ’, कलाकार बस्नेतले फेसबुकमा लेखेका छन्, ’समयमै डायलिसिस गर्न नसक्नु भनेको, चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नुसरह हो ।’

बस्नेतले आफ्नो घरमा पनि डायलिसिस गराउनुपर्ने बिरामी भएको र यस्ता बिरामी अनि परिवारको पीडाबारे आफू वाकिफ रहेकोसमेत बताएका छन् । ’शायद त्यो बिग्रेको मेसिन टाइममै बनाउने प्रसासन भएको भए, सायद मिडियाले राजनीतिको समाचार मात्र सम्प्रेषण नगरेर यस्तो विषयलाई पनि प्राथमिकता दिएको भए, सायद कोभिड मात्र हैन, अरु रोग पनि छ, जसले अप्ठेरो पारिरहेछ भन्ने हाम्रो स्वास्थ्य प्रणालीले पहिले बुझेको भए, आज उसलाई सहानुभूतिको आवस्यश्यकता पर्ने थिएन होला’, निश्चल बस्नेतले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.