हुलाकी न्यूज,जनकपुरधाम : सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् ।

परिवार संग रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् ।

गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा रविलाई गाली गरेका थिए त्यसपस्चात रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएको ६ दिन भइसक्दासम्म पनि उनी भेटिएका छैनन्।

शुक्रबार बिहान करिब ८ बजे घरबाट निस्केका रविको खोजी गर्दै जाँदा नजिकैको भगवानपुरबाट एक अधबैसे पुरुषले आफ्नो नाति भन्दै बिस्कुट किनिदिएर लगेको स्थानीयले परिवारले जानकारी दिएको छ ।

उनी मामाघर बभनगामाकट्टीका लागि हिँडेको र बाटोबाटै कसैले फकाएर चोरी गरेर लगेको हुनसक्ने बाबु जयनारायणको आशंका रहेको छ ।

पारिवारले सोधखोज गर्दा पनि फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएका हुन् । खोजी कार्य भइरहे पनि कुनै सुराक पाउन नसकेको इप्रका हनुमाननगरका प्रहरी सहायक निरीक्षक सञ्जय न्यौपानेले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.