हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,४०४ जनाले कोरोनालाई जितेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,०४,८८७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७६.५६ प्रतिशत निको भएका हुन्।