हुलाकी न्यूज,जनकपुरधाम : सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले आज प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाले प्रधानमन्त्री ओलीलाई भेटेको भन्ने समाचारमा सत्यता नभएको प्रस्ट पारेका छन्।
सोमबार राति प्रधानन्यायधीश राणाले प्रधानमन्त्री ओलीलाई भेटेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि अदालतले प्रेस विज्ञप्ति जारी गर्दै समाचार सच्चाउन अनुरोध गरेको छ।



