हुलाकी न्यूज,जनकपुरधाम : गैर सरकारी संस्थाका नाममा रहेको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामत गरेको छ ।

हुडेप नेपाल नाम लेखिएको को १ च ५५५९ नम्बरको मारुती एम्बुुलेन्सबाट सुनसरीको धरानमा गाँजा बरामद गरिएको हो ।

धरान उपमहानगरपालिका–२ स्थित कोशी राजमार्गमा धरानतर्फ आउँदै गरेको उक्त एम्बुुलेन्सबाट एक सय किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले एम्बुलेन्सबाट २५/२५ किलोको ४ वटा झोलामा राखिएको गाँजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशन राई छन् । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.