हुलाकी न्यूज,जनकपुरधाम : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको बताएका छन्।
परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भइरहेको उनले जनाएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय गर्ने उनको भनाइ छ।