हुलाकी न्यूज,जनकपुरधाम : सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना गरी संविधानको धारा ७६ (५)बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ।
निवर्तमान प्रतिनिधिसभाका १४६ जनाका तर्फबाट देउवाले आज सर्वोच्च अदालतमा पुगेर दायर गरेको रिट निवेदनमा मन्त्रिपरिषद्को प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन तोक्ने निर्णय बदर गर्न माग गरिएको छ।रासस